कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितकाे हाम्राे भूभाग फिर्ता ल्याउने छु: अध्यक्ष ओली
काठमाडौ, १८ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अतिक्रमित भूमि फिर्ता लिने बताएका छन् ।
दार्चुलाबाट एमालेको चुनावी सभालाई सम्बाेधन गर्दैै उहाँले भने, याे राष्ट्रिय अभियान हाे, देश भक्तिकाे जागरण र राष्ट्रभक्तिकाे जागरण हाे पाँच दल पाँचतिर फर्किएकाे स्वार्थकाे गठजाेर हैन ।
आफ्नो एक इन्च जमिन पनि अरुलाई नछाड्ने छैन । कालापानी, लिम्पियाधुरा, लिपुलेक सहितकाे हाम्राे भूभाग फिर्ता ल्याउने छु ।
हामीले संसदबाट नक्सा जारी गरिसकेका छौँ । आज फेरि ग्यारेन्टी गर्न चाहन्छौँ ।