डोटीमा भूकम्पले ६ जनाको मृत्यु

डाेटी, २३ कात्तिक । डाेटीमा भूकम्पले घर भत्काउँदा डोटीमा ६ जनाको मृत्यु भएको छ। 

डाेटीकाे पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ मा गए रातिको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको स्थानीय प्रशासनले जनाएकाे छ। भूकम्पले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको जनाएकाे छ । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

मृत्यु हुनेहरुमा बर्ष ५०को प्रेम बोहरा, बर्ष ४० को भगवती बोहरा, बर्ष १३ की सीता बोहरा, बर्ष ८ को हर्क बोहरा, बर्ष १४ की धन्सरी बोहरा र बर्ष १४ की तुलछी बोहरा रहेका छन् ।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

खप्तड केन्द्रबिन्दु भएर गए राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पले डोटीमा धेरै घरहरूमा क्षति पुगेको अनुमान गरिएको छ।