काठमाडौं १० मा एमालेका राम शरणकाे फरक प्रतिबद्धता

काठमाडौं, २३ कात्तिक । काठमाडौं क्षेत्र नम्बर १० प्रदेशसभा (ख) मा नेकपा एमालेबाट राम शरण आले मगरले उम्मेदवारी दिएका छन् । उनी अहिले घरदैलो कार्यक्रममा व्यस्त छन् ।
घरदैलो कार्यक्रममा व्यवस्त रहेका आलेमगरले केही दिन अगाडि आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका थिए । उनले गरेका प्रतिबद्धताहरु अन्य नेताहरुले गर्ने प्रतिबद्धता भन्दा केही फरक रहेका छन् ।
आफू अन्य उम्मेदवारहरु जस्तो झुटो बोल्न नसक्ने, झुटो आस्वसन दिन नसक्ने, गुण्डागर्दी गर्न नसक्ने, ठेक्कापट्टामा संलग्न बनेर कमिसन खान र खुवाउन नसक्ने भएको भन्दै उनले आफूलाई विजयी गराउन आग्रह गरेका छन् ।
नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर १० मा प्रतिनिधिसभामा हिमेश केसी, प्रदेशसभा (क)मा शिवभक्ति बलामी र प्रदेशसभा (ख)मा आले मगरलाई उम्मेदवार बनाएको छ ।
यसैबीच काठमाडौं क्षेत्र नम्बर १० को प्रतिनिधिसभातर्फ स्वतन्त्रसहित १८ जनाको उम्मेदवारी परेको छ । यो क्षेत्रमा एमालेका हिमेश केसी, नेपाली कांग्रेसबाट राजेन्द्रकुमार केसी र नेकपा माओवादी केन्द्रबाट अञ्जना विशंखे चुनावी मौदानमा छन् ।
यस्तै प्रदेशसभा (क)मा एमालेको तर्फबाट शिवभक्ति बलामी, नेपाली कांग्रेसका पुकार महर्जन र माओवादी केन्द्रका दिलीप महर्जनको उम्मेदवारी परेको छ भने प्रदेशसभा (ख)मा एमालेका तर्फबाट रामशरण आलेमगर, माओवादी केन्द्रको तर्फबाट गणेशबहादुर कुँवर र एकीकृत समाजवादीबाट रमा आलेमगरको उम्मेदवारी परेको छ ।