पहिलो पटक नेपालले यु-१९ क्रिकेट विश्वकप आयोजना गर्दै

काठमाडाैं, २७ कात्तिक । नेपालले पहिलो पटक यु-१९ क्रिकेट विश्वकप आयोजना गर्ने भएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ ।

आईसीसीले नेपाल र बंगलादेशलाई संयुक्त रुपमा यू–१९ महिला विश्वकप आयोजनाको अवसर दिएको हो । नेपालले बंगलादेशसँग मिलेर यू-१९ महिला टी२० विश्वकपको आयोजना गर्नुपर्नेछ।

यस्तै २०२४ को यू-१९ पुरूष विश्वकप श्रीलंका, सन् २०२६ को पुरूष यु १९ विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्नेछन्।

यस्तै सन् २०२५ को यू१९ महिला विश्वकप मलेसिया र थाईल्यान्डले आयोजना गर्दा सन् २०२७ को यु-१९ महिला टी२० विश्वकप बंगलादेश र नेपालले आयोजना गर्ने भएका हुन्।

गत जेठमा आइसिसी यू१९ महिला विश्वकप छनोटमा नेपालले खराब प्रदर्शनका साथ बाहिरिएको थियो। २०२३ मा दक्षिण अफ्रिकामा पहिलो पटक यू१९ महिला टी२० विश्वकप आयोजना हुन लागेको छ।
नेपालको पुरुष सिनियर टिमले सन् २०१४ मा टी-२० विश्वकप खेलेका थिए ।