वेशभूषामा सजिएका कर्णालीवासी र कर्णालीमा ओली ‘क्रेज’

काठमाडौँ, २७ कात्तिक । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी माहोल सिर्जना गर्न कर्णाली प्रदेशमा हुनुहुन्छ । पछिल्लो समय सुदुरपश्चिम र कर्णाली प्रदेशका कार्यक्रममा बाक्लो उपस्थिति जनाउँदै आउनु भएका ओलीले आज एकै दिन कर्णालीलीको कालिकोट, सुर्खेत र दैलेखमा सम्वोधन गर्नुभयो । ओलीको जुन–जुन स्थानमा पुगेर सम्वोधन गर्नुभयो ती–ती स्थानमा ओली क्रेज विचित्रको देखिएको छ ।

कालिकोटको रास्टकोट, दैलेखको विन्द्रासैन र सुर्खेतको वीरेन्द्रनगरमा आज अध्यक्ष ओलीले सम्वोधन गर्नुभयो । उहाँले सम्वोधन गर्ने खवरसँगै तीन वटै स्थानमा मानिसको विशाल सहभागिता रहेको थियो । आ–आफ्नै वेशभूषामा सजिएर कार्यक्रममा उपस्थित जनसमुदायको मुहारमा मुस्कान मात्रै थिएन । ती अनुहारले ओलीको नेतृत्व खोजिरहेको आभाव हुन्थ्यो । केटाकेटीदेखि युवा र बृद्धबृद्धासम्मको रोजाइमा पर्नु भएका ओलीको क्रेज अहिले जहाँ गयो त्यहिँ देखिने गरेको छ ।

दमदार भाषण गर्ने र विरोधीका आरोपहरुलाई फिका सावित गर्ने उहाँको बेजोड शैलीको पनि धेरैले प्रसंषा गर्ने गरेका छन् । प्रष्ट भिजनसहित चुनावी सभामा सम्वोधन गर्ने ओलीका राष्ट्रवादी भाषणले अहिले देशव्यापि रुपमा महोल तताउने गरेको छ । कर्णालीका तीन सभाको उपस्थितिले पनि कर्णालीमा विस्तारै एमालेको माहोल बनेको संकेत गरेको छ । सम्वोधनका क्रममा ओलीले गरीबी, भोकमरी, अविकासका् अन्त्य एमालेले गर्ने भन्दा कर्णालीवासीको मुहारमा आशाको सञ्चार भएको देखिन्थ्यो ।