गाजाको शरणार्थी शिविरमा आगलागी, २१ जनाको मृत्यु
एजेन्सी, २ मंसिर । गाजाको शरणार्थी शिविरमा आगलागी हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ ।
आगलागीबाट मृत्यु हुनेमा १० बालबालिकासमेत रहेको स्थानीय अधिकारीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
आगलागी गाजाको जबालिया शरणार्थी शिविरमा भएको हो । जनघनत्व बढी रहेको शिविरमा लागेको आगो नियन्त्रणमा आएको छ ।
प्रारम्भिक अनुसन्धानबाट भान्छामा रहेको ग्यास चुहावट भएर आगलागी भएको खुलेको छ ।
