मतदान सुरु, उम्मेदवार र मतदाता मतदान केन्द्रमा (पाँच तस्बिर)

काठमाडौँ ४ मंसिर । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि मतदान सुरु भएको छ । मुलुकभरीका अधिकांश निर्वाचन केन्द्रमा मतदान सुरु भएको हो । मतदानका लागि मतदातासँगै उम्मेदवारहरु पनि मतदान केन्द्रमा पुग्न सुरु भएको छ । एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव लेखराज भट्ट, झापा क्षेत्र नम्बर चारका एमाले उम्मेदवार एलपी साँवा लिम्बूलगायतले मतदान गर्नुभएको छ । प्रधनमन्त्री शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेलधुरा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरमा मतदान गर्ने तयारी छ । ओली दिउँसो मतदान गर्दै हुनुहुन्छ । नेता पाण्डेले चितवन १ को राप्ती नगरपालिका ५ मा मतदान गर्नु भयो भने एमाले सुदूरपश्चिम इन्चार्ज समेत रहनु भएका भट्टले गोदावरी नगरपालिका १ अत्तरियाको घण्टेश्वर माविवाट मतदान गर्नुभएको छ ।