सिन्धुपाल्चोककाे क्षेत्र नं १ मा एमालेका सरेश नेपालकाे प्रारम्भिक अग्रता

सिन्धुपाल्चोक, ५ मंसिर । सिन्धुपाल्चोककाे क्षेत्र नं १ मा एमालेका सरेश नेपालले प्रारम्भिक अग्रता लिएकाे छ ।

भोटेकोसी गाउँपालिकाकाे ८०१ मत गणना हुँदा एमालेका सरेश नेपालले ३७४ मत पाएका छन् भने माओवादीका माधव सापकोटा सुबाेधले २६७ मत पाएका छन् ।

त्यस्तै रास्वपाका दिनेश श्रेष्ठले ७२ मत पाएका छन् भने ७० मत बदर भएकाे छ ।