पाल्पा-२ बाट एकीकृत समाजवादीका पाण्डेलाई हराउँदै ठाकुर गैरे निर्वाचित
पाल्पा, ९ मंसिर । पाल्पा-२ बाट एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार ठाकुर गैरै निर्वाचित भएका छन् ।
गैरेले एकीकृत समाजवादीका पाण्डेलाई ३ हजार ९६६ मतान्तरले पराजित गरेका हुन् ।
एकीकृत समाजवादीका पाण्डेले २३ हजार ८५१ मत ल्याउँदा गैरेले २७ हजार ८१७ मत ल्याएका थिए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गेरै ५ हजार १८० मत मात्र ल्याए ।