विश्वकप फुटबल अन्तर्गत आज आइतबार चार खेल हुँदै
काठमाडाैं, ११ मसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज चार खेल हुँदैछ ।
समूह चरणअन्तर्गत समूह ‘इ’ र समूह ‘एफ’ का समान दुई–दुई खेल हुँदैछन् । पहिलो खेलमा समूह ‘इ’ मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै दोस्रो खेलमा समूह ‘एफ’का बेल्जियम र मोरक्कोबीच भीडन्त हुनेछ । खेल नेपाली समयानुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै समूह ‘एफ’का क्रोएसिया र क्यानडाबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरु हुनेछ ।
त्यस्तै आजै हुने चौथो खेलमा समूह ‘इ’का जर्मनीले स्पेनको सामना गर्नेछ । उक्त खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ । मध्यपूर्वको मुस्लिम राष्ट्रमा पहिलोपटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।