हारका बाबजुद पनि फ्रान्स नकआउट चरणमा प्रवेश
एजेन्सी, १५ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स हारका बाबजुद पनि समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।
कतारको एजुकेसन सिटी रङ्गशालामा भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १–० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो । खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो ।
यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन । फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो ।
ट्युनिसियाले तीन खेलमा चार अङ्क जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो ।
ट्युनिसिया समूह चरणमा तेस्रो हुँदै प्रतियोगिताबाट बाहिरिए ।