फिफा विश्वकप फुटबल

विश्वकपमा समूह चरणकाे अन्तिम चार खेल आज हुँदै

काठमाडौं, १६ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम चार खेल आज हुँदैछ ।

आजकाे खेलमा समूह ‘एच’मा रहेको पोर्चुगल र दक्षिण कोरिया बीच र घाना र उरुग्वे बीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

यस्तै समूह जी मा रहेको ब्राजिल र क्यामरुन बीच र स्वीजरल्याण्ड र सर्वियाबीचको खेल मध्यराति १२:४५ बजे सुरु हुनेछ ।

आजको खेलपछिकाे हार जितले प्रिक्वाटरफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।