रौतहटबाट १ सय ८० किलाे गाँजासहित एकजना पक्राउ

रौतहट, १८ मंसिर । रौतहटबाट १ सय ८० किलाे गाँजासहित एकजना पक्राउ परेका छन् ।

गौर नगरपालिका-३ दाल मिलस्थित फलक पोल्ट्री फर्मबाट १ सय ८० केजी अवैध लागूऔषध गाँजा सहित मकवानपुर थाहा नगरपालिका-३ बस्ने २१ वर्षीय सुरेन्द्र स्याङताङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त कुखरा फर्मभित्र लागूऔषध गाँजा राखेको विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले तलासी गर्दा कुखुरा फर्मभित्र उक्त परिमाणको लागूऔषध फेला पारेको हाे ।

साथै सोही स्थानमा पार्किङ गरी राखेको बाग्मती प्रदेश ०१-००६-ख २८३० नम्बरको मिनि ट्रक समेत फेला परेकोले ट्रक चालक सुरेन्द्र स्याङताङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ट्रकमा उक्त लागूऔषध ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।