दोलखाबाट माओवादीका गंगा कार्की निर्वाचित

दोलखा, १९ मंसिर । दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् ।

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीलाई हराउँदै कार्की निर्वाचित भएका हुन् ।

कार्कीले ३६ हजार ७९९ मत ल्याएका छन् भने एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत पाएका छन् ।

मंसिर ४ गते भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरेपछि १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: निर्वाचन भएको थियो ।