रुसको ड्रोन आक्रमणबाट युक्रेन बिजुलीविहीन, ओडेसाका १५ लाख परिवार प्रभावित
काठमाडौं,२५ मंसिर । रुस र युक्रेनबीच लामो समयदेखि युद्ध जारी छ । युक्रेनका धेरै सहरमा क्षति गरेपछि रुसले ड्रोनबाट आक्रमण गर्न सुरु गरेको छ ।
ड्रोनको आक्रमणबाट युक्रेनको पावर ग्रिड ठप्प हुँदा करिब १५ लाख परिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणपछि ओडेसाका पावर ग्रिड अपरेटहरुसँग वार्ता भइरहेको बताएका छन् । उनका अनुसार ग्रिड मर्मत गर्न अझै ३ महिना लाग्नेछ ।
राष्ट्रपति जेलेन्स्कीले इरानी ड्रोन कामिकाजेको आक्रमणपछि ओडेसा र यस क्षेत्रका अन्य सहर र गाउँहरुमा अन्धकार छाएको बताए । ओडेसा क्षेत्रमा मात्रै डेढ लाख बढि मानिस बिजुलीबिहीन भएका छन् ।
हाल अस्पताल र प्रसूति वार्डलगायत अत्यावश्यक सेवामा मात्र विद्युत दिइरहेको छ । यस क्षेत्रका गभर्नर म्याक्सिम मार्चेन्कोले रुसले रातारात सहरमा ’कामिकाजे ड्रोन’ मार्फत आक्रमण गरिरहेको बताए ।
त्यसपछि उर्जा प्राधिकरणका संचालकहरु हडतालमा उत्रिएका थिए । जसका कारण यस क्षेत्रका प्राय सबै क्षेत्रमा अन्धकार छ ।