एमाले संसदीय दलको नेतामा ओली निर्विरोध

काठमाडौं, ५ पुस । नेकपा (एमाले) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनुभएको छ । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको छ ।

एमाले नेता एवं सांसद सांसद ठाकुर गैरेका अनुसार कमलादीस्थित प्रज्ञा भवनमा बसेको संसदीय दलको बैठकले उहाँलाई निर्विरोध दलको नेता चयन गरेको हो । संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको छ । त्यसैगरी बैठकले बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्यामा संलग्न दोषीमाथि कारवाहीको माग गरेको छ ।