नेपाल नगरपालिका संघको ८ औं अधिवेशन सम्पन्न, उपमहासचविमा डंगोल
काठमाडौं, ६ पुस । नेपाल नगरपालिका संघको ८ औं राष्ट्रिय अधिवेशन सम्पन्न भएको छ । काठमाडौंमा जारी अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सुरु भएको अधिवेशन तीन दिनसम्म सञ्चालन भएको थियो ।
अधिवेशनले धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानाको अध्यक्षतामा ४४ सदस्यीय नयाँ नेतृत्व चयन गरेको नवचिनर्वाचित उपमहासचिव सुनिता डंगोलले जानकारी दिनुभयो । सो अधिवेशनबाट उपाध्यक्षमा चौतारा साँगाचोकगढीका मेयर कृष्णप्रसाद सापकोटा र महासचिवमा दाङको घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरी निर्वाचित हुनुभयो । काठमाडौं महानगरपालिकाकी उपमेयर डंगोल उपमहासचिव र कोषाध्यक्षमा खोटाङको हलेँसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राई निर्वाचित हुनुभयो ।