गठबन्धनको खटपटपछि प्रचण्ड बालकोट, प्रचण्डको मुड बुझेर एमाले ‘मुभ’ हुने तयारीमा

भक्तपुर, १० पुस । नेकपा (माओवादी केन्द्र) केन्द्रकाअध्यक्ष प्रचण्ड नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली भेट्न ओली निवास बोलकोट पुग्नु भएको छ ।

बालुवाटारमा सत्तागठबन्धन टुटेको घोषणा गरेर बालुवाटारबाट बाहिनु भएको प्रचण्ड बालकोट पुग्नु भएको हो ।
प्रचण्ड बालकोट पुगेको जानकारी ओलीका स्वीकय सचिव राजेश बज्राचार्यले मैत्रीन्युजलाई जानकारी दिनुभयो । ‘कमरेड प्रचण्ड भर्खर बालकोट आइपुग्नु भएको छ,’ बज्राचार्यले भन्नुभयो, ‘केही बेरमै दुई अध्यक्षबिच कुराकानी हुँदैछ ।’

त्यसो त प्रचण्ड पुग्नु अघि ओली राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय जनता पार्टीका नेता अशोक राइ पनि बालकोट पुग्नु भएको छ । पछिल्लो जानकारी अुनसार बालकोटमा राजेनद्र लिङ्देलसहितको बैठक बस्ने तयारी बुझिएको छ ।