पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउँदै, उद्घाटन प्रधानमन्त्रीले गर्ने

कास्की, १७ पुस । कास्कीस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अंग्रेजी नयाँ वर्षको अवसर पारेर उक्त विमानस्थल सञ्चालनमा ल्याउन लागेको हो।

विमानस्थलकाे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। उद्घाटन आइतबार बिहान ११ बजे हुनेछ ।

अन्तर्राष्ट्रिय उडानको प्रक्रिया पूरा भइनसकेकोले आइतबार आन्तरिक उडान मात्र हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दिएको छ।

चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण तथा अनुदान सहयोगमा विमानस्थल बनाइएको हाे।