उपहारको मोबाइलमा भन्सार छुट गर्ने नाममा एमडीएमएस प्रणाली नै खारेज गर्नु शंकास्पद
काठमाडौं, १८ पुस । मोबाइल हराएमा वा चोरी भएका ट्रायक गर्न र मोबाइल प्रयोग गरी गरिने अपराध कार्यलाई नियन्त्रण लगायत मोबाइल डिभाइस व्यवस्थापनको लागि विकास गरिएको एमडीएमएस (मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) पूर्ण रुपमा कार्यान्वयन गर्नु अगावै स्थगित गरिएकोले विभिन्न प्रकारका अन्यौलहरू उत्पन्न भएका छन् ।
विदेश गएका नेपालीहरूले उपहार स्वरुप ल्याएको मोबाइल सेट नेपालमा पनि दर्ता गर्नुपर्ने र एक सेटभन्दा बढी ल्याएमा त्यसको भन्सार तिर्नुपर्ने नीति गत पुस १५ गतेदेखि लागू गर्ने तयारी अघिल्लो सरकारले गरेको थियो ।
तर विदेशमा बसेका नेपालीहरूले उपहार स्वरुप ल्याएका मोबाइलमा समेत भन्सार लगाए भनी चर्को आलोचना भएपछि पुष्पकमल दाहाल प्रचण्डको नयाँ सरकारले भन्सार लिने नीतिका साथसाथै एमडीएमएस प्रणालीको कार्यान्वयन समेत स्थगित गरे ।
तर यो प्रणालीसँग सम्बन्धित विज्ञ एवं सरोकारवालाहरूका अनुसार विदेशबाट उपहार स्वरुप ल्याइने मोबाइलमा भन्सार लगाउनु र ती मोबाइल सेटलाई नेपालमा दर्ता गरी एमडीएमएस प्रणालीमा प्रवेश गराउनु फरक कुरा हुन् ।
उहाँहरूका अनुसार यदि उपहारमा ल्याएका मोबाइलमा भन्सार लिनु समस्याको विषय थियो भने सरकारले उक्त मोबाइलमा भन्सार छुट गरेर पनि यो प्रणाली लागू गर्नु पर्दथ्यो ।
भन्सार सम्बन्धी समस्यालाई अगाडि राखेर एमडीएमएस प्रणाली नै खारेज गर्नु भने अनौठो विषय भएको उहाँहरू बताउनुहुन्छ । यसमा केही स्वार्थ समूहले नयाँ प्रधानमन्त्री प्रचण्डलाई यस प्रणालीबारे गलत व्याख्या गरी एमडीएमएस प्रणाली नै खारेज गराउनुको पछाडि ठूलै चलखेल भएको आशंका पनि विज्ञहरूले गरेका छन् ।
तर भन्सार सम्बन्धी समस्यालाई अगाडि राखेर एमडीएमएस प्रणाली नै खारेज गर्नु भने अनौठो विषय भएको उहाँहरू बताउनुहुन्छ ।
यसमा केही स्वार्थ समूहले नयाँ प्रधानमन्त्री प्रचण्डलाई यस प्रणालीबारे गलत व्याख्या गरी एमडीएमएस प्रणाली नै खारेज गराउनुको पछाडि ठूलै चलखेल भएको आशंका पनि विज्ञहरूले गरेका छन् ।
मोबाइल हराएमा वा चोरी भएमा ट्राकिङ गरी पत्ता लगाउन, मोबाइलको प्रयोग गरी गरिने अपराधलाई नियन्त्रण गर्न, मोबाइलको दुरुपयोगलाई नियन्त्रण गर्न यो प्रणाली उपयोगी हुन्छ । नेपालमै किनेको होस् वा विदेशबाट उपहार स्वरुप आएको होस्, यो प्रणालीमा प्रवेश गरेपछि यसबाट प्राप्त गर्न सकिने यी सबै सुविधाहरू उपयोग गर्न सकिने हुन्छ ।
एमडीएमएस भनेको नेपालमा प्रयोगमा रहेका मोबाइलको नियमन र व्यवस्थापन गर्ने एउटा प्रणाली हो । विश्वका अन्य थुप्रै देशहरूमा पनि यो प्रणाली लागू भएको पाइन्छ । सरोकारवालाहरुले यसलाई रोक्ने होइन थप व्यवस्थित गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
विदेशबाट चोरी भएर आएका हुन् कि होइनन् भनेर पत्ता लगाउने प्रविधि भनेकै एमडीएमएस भएकाले त्यसलाई विभिन्न बाहनामा रोक्ने प्रयास गलत हुने उनीहरुको भनाइ छ । अहिले यो प्रणालीको सञ्चालन गर्ने मुख्य कार्य नेपाल दूरसञ्चार प्राधिकरण मातहत रही न्यूमेरा एसडीएन बीएचडी, नमस्ते ग्लोबल कम्युनिकेसन प्रालि र ओएसआई कन्सल्टिङ प्रालिले गरिरहेका छन् ।
अवैध मोवाइल अहिले नेपालमा छ्याप्छ्याप्ती भएको चर्चा हामीले सुनिरहेका छौँ । त्यसलाई नियन्त्रण गर्न एमडीएमएसलाई अझ प्रभावकारी बनाउनुपर्छ ।
‘अहिले जुन खालको हल्ला चलाएर एमडीएमएस रोक्ने प्रयास भैरहेको छ, यो विल्कुल गलत छ,’ एक सरोकारवालाले भन्नुभयो, ‘अवैध मोवाइल अहिले नेपालमा छ्याप्छ्याप्ती भएको चर्चा हामीले सुनिरहेका छौँ । त्यसलाई नियन्त्रण गर्न एमडीएमएसलाई अझ प्रभावकारी बनाउनुपर्छ । त्योसँगै राजश्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, इम्पोर्ट डिलर एशोसियशन लगायतले त्यस्ता खुद्रा पसलहरू जहाँ अवैध मोबाइलहरू बिक्री गरिन्छ, त्यस्ता ठाउँहरुमा छापा मारी नियन्त्रणमा लिने कुरातिर चाहिँ ध्यान दिनुपर्छ ।’
एमडीएमएसले बैधानिक बाटोबाट मात्रै मोबाइल आयात होस् भन्ने असल मनसाय राखेको भन्दै त्यसलाई कार्यान्वयन गर्ने दायित्व राज्यको पनि भएको उहाँहरूको ठम्याइ छ ।