प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने
काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुसकाे २६ गते संसदमा विश्वासको मत लिने भएका छन्।
प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड संविधानको सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्।
प्रधानमन्त्री बनेका व्यक्तिले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।