मुख्यमन्त्री, सभामुख, उपसभामुखको भागबण्डा मिल्यो, प्रदेश १, गण्डकी र लुम्बिनीको मुख्यमन्त्री एमालेलाई

काठमाडौं, पुस २४ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको सत्ता गठबन्धनको बैठकले मुख्यमन्त्रीको भागबण्डा टुंगो लगाएको छ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, जनता समाजवादी पार्टीका प्रमुख उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउतसहितको बैठले बागबण्डा टुंगो लगाएको हो ।

प्रदेश १ को मुख्यमन्त्री एमालेको भागमा परेको छ । जस अनुसार एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भैसक्नु भएको छ । भागबण्डा अनुसार अब मधेस प्रदेशमा जनता समाजवादी र जनमत पार्टीले मुख्यमन्त्री आलोपालो पाएका छन् ।

बाग्मती र सुदूरपश्चिममा माओवादी केन्द्र र एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने गर्ने सहमति भएको छ । गण्डकी र लुम्बिनीको मुख्यमन्त्री एमालेले पाएको छ । कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिइएको छ ।

बाग्मती र सुदूरपश्चिममा माओवादी केन्द्र र एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने गर्ने सहमति भएको छ । गण्डकी र लुम्बिनीको मुख्यमन्त्री एमालेले पाएको छ । कर्णालीको मुख्यमन्त्री माओवादी केन्द्रलाई दिइएको छ

मधेश र कर्णाली प्रदेशमा सभामुख एमालेले लिने सहमति भएको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा सभामुख माओवादी केन्द्रको भागमा परेको छ । बाग्मती प्रदेशमा सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीले पाउने सहमति भएको छ ।

प्रदेश १ र गण्डकीको उपसभामुख एमाले र माओवादी केन्द्रलाई बागमती र कर्णालीमा उपसभामुख दिने सहमति भएको छ । लुम्बिनीको उपसभामुख राप्रपालाई मधेश प्रदेशको उपसभामुख जनमत पार्टीलाई प्राप्त भएको छ । सुदूरपश्चिममा उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई लिन प्रस्ताव गरिएको छ ।