प्रतिनिधिसभाको बैठक १ बजे बस्ने

काठमाडौं,२६ पुस । प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठक दिउँसो १ बजे बस्ने भएको छ ।

सभामुखले बैठक आजै दिनको १ बजे बस्ने गरी समय परिवर्तन भएको जानकारी दिनुभएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले बताउनु भएकाे हाे । 

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिनुहुनेछ ।
कांग्रेसले यो बैठकबाट प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय गर्ने छ ।

नेपाली कांग्रेस पदाधिकारी र संसदीय दलको बैठक जारी रहेकाले बैठक दुई घण्टा पछि  सारिएको हो ।