भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्य, नेपालमा के हाेला ?

काठमाडौं, १८ माघ । भारतबाट पेट्रोल र डिजेल र मट्टितेलको मूल्य बढेर आएको छ ।

नेपाल आयल निगमकाअनुसार इण्डियन आयल कर्पोरेसनले भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढाएर पठाएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर पठाएको हो ।

त्यस्तैगरी हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आउँदा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको नेपाल आयल निगमले जनाएकाे छ ।