गण्डकी प्रदेशसभामा दुई अध्यादेश स्वीकृत

कास्की, १९ माघ । गण्डकी प्रदेशसभाले दुई वटा अध्यादेश स्वीकृत गरेको छ ।

प्रदेशसभाको आजको बैठकले प्रदेश सरकारबाट जारी भएका निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश स्वीकृत गरेको हो ।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशनबहादुर गाहा थापाले अध्यादेशलाई स्वीकृत गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले सर्वसम्मत स्वीकृत गरेको हो ।
गण्डकी प्रदेशसभाको अर्को बैठक माघ २० गते १ बजे बस्नेछ ।