बेरी बोल्टको नयाँँ स्वादमा चाज्र्ड सार्वजनिक

काठमाडौं, २ फागुन । पेय पदार्थ कम्पनी कोका–कोला नेपालले चाज्र्ड नामको नयाँँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरेको छ ।
सोमबार एलओडिमा (लर्ड अफ द ड्रिंक्स) कम्पनीका प्रतिनिधिहरु, संचारकर्मीहरु र इन्फ्लुएन्सर्सहरुको उपस्थितिमा नयाँ इलेक्ट्रिफाइङ पेय पदार्थ सार्वजनिक गरिएको हो ।
यो नयाँँ पेय पदार्थले उपभोक्ताहरुलाई बेरीको स्वादमा इलेक्ट्रिफाइङ फिजी जिङ प्रदान गर्नुका साथै चाज्र्डको लन्चसँगै कोका–कोला नेपालको बेभरेज पोर्टफोलियोमा एउटा नयाँँ स्वाद थपिएको कम्पनीले जनाएकाे छ ।
कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, “नेपाली युवाहरुका आफ्नै महत्तवाकांक्षाहरु छन् र उनीहरुलाई आफ्नो आकांक्षा पुरा गर्नको लागि जिम्मेवारी लिन र सोही अनुसारको कदम चाल्न प्रेरित गर्ने सन्देश सहित हामीले यो नयाँँ पेय पदार्थ चाज्र्ड बजारमा ल्याएका छौँ ।
बेरी बोल्टको नयाँँ स्वादमा लन्च भएकाे चाज्र्ड २५० एमएलको रिसाइकल गर्न मिल्ने पेट बोतलमा उपलब्ध छ ।