नेप्से परिसूचकसंगै घट्याे शेयर कारोबार
काठमाडाैं, २ फागुन । साताको दोस्रो कारोबार नेप्से परिसूचकसंगै शेयर कारोबार पनि घटेर बन्द भएकाे छ । यस दिन नेप्से परिसूचक १६.४० अंक घटेर २१०५.४६ विन्दुमा पुगेकाे छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स २.७४ अंक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ।
यस दिन २५५ स्टकको ३६ हजार ८८० पटकको कारोबारमा १ अर्ब ७८ करोड ७० लाख रुपैयाँ बराबरको ४६ लाख ८५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो कारोबार दिन ३ अर्बभन्दा बढीको शेयर कारोबार भएको थियाे ।
यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ६.१२ प्रतिशत बढेको छ। त्यसैगरी, राप्तीभेरी हाइड्रोको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ७५ लाख ६५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूह्मध्ये यस दिन उत्पादन तथा प्रशोधन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.३१ प्रतिशत बढेको छ।