निरन्तर ओरालोले नेप्से परिसूचक २१०० विन्दुबाट झर्याे

काठमाडाैं, ३ फागुन । नेप्से परिसूचक निरन्तर ओरालो लागेर २१०० विन्दुबाट तल झरेकाे छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि ओरालो लागेको नेप्सेले यस दिन पनि सोही गतिलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक १३.९० अंक घटेर २०९१.५६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ । यस दिन २५६ स्टकको ३३ हजार ४८३ पटकको कारोबारमा १ अर्ब ७३ करोड २५ लाख ७५ हजार रुपैयाँ बराबरको ४८ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण काबेली पावरको करिब साढे ५ करोडको शेयर कारोबार भएको छ ।

यस दिन युनिलिभर नेपालको शेयरमूल्य सर्वाधिक ८.५४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन बाराही हाइड्रोपावरको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंक र अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन विजय लघुवित्त र महुली लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

१३ उपसमूहमध्ये यस दिन पनि उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचकबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९० प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *