सुवास नेम्वाङका पक्षमा मतदान गर्न एमालेले कांग्रेस बाहेकका दलसँग सहयोग माग्ने

काठमाडौं, १३ फागुन । राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा (एमाले)ले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वि शुब्वा गुरुङले जानकारी दिनुभयो । उहाँले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोग माग्न पत्राचार गर्ने समेत निर्णय गरेको जानकारी दिनुभयो ।