हरिसिद्धिमा ‘जल प्याखं’ सम्पन्न

ललितपुर, २३ फागुन । हरिसिद्धिमा ऐतिहासिक हरिसिद्ध नाच सम्पन्न भएको छ । स्थानीय भाषामा यसलाई ‘जल प्याखं’ भनिन्छ ।

वर्षेनी होली पूर्णिमाका दिन हरिसिद्धि नाचका सम्पूर्ण देवगणहरू सार्वजनिक भई नाच प्रस्तुत गरिन्छ । एक दिनको प्रदर्शन पछि नाच पुनः भित्र्याउने गरिन्छ ।

हरिसिद्धिको यो नाचलाई नेपालकै सबैभन्दा पुरानो नाचका रुपमा लिइने गरिन्छ । सामान्यतया यो नाच हरेक वर्ष होली पूर्णिमा लगायत योमरी पूर्णिमा, गाईजात्रा र दशैँको अष्टमिका दिन निकालिने गरिन्छ ।

गाईजात्रामा नाच निकाल्दा देवगणहरू देवताको पोशाकमा हुँदैनन् । उहाँहरू सेतो जामा लगाएर बाहिर निस्कन्छन् र सोही पोशाकमा हरिसिद्धि मन्दिर छेउमै रहेको पोखरीमा पौडी खेली वारपार गर्छन् । देवगणहरू पानीमा पौडिनु यो नाचको मौलिक परम्परा हो ।

बाह्र वर्षमा एक पटक देशका विभिन्न स्थानमा यो नाच (जल प्याखं) प्रदर्शन गर्नुपर्ने परम्परा छ ।

नाचका केही तस्बिरः