काठमाडौंको घण्टाघर अगाडी मोटरसाइल दुर्घटना, एक जनाकाे मृत्यु एक सख्त घाइते
काठमाडौं, २६ फागुन । काठमाडौंको घण्टाघर अगाडी मोटरसाइल दुर्घटना भएकाे छ । मोटरसाइकल चालकले पैदलयात्रुलाई ठक्कर दिंदा मोटरसाइकल उछिट्टेर चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् ।
चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाडाैँ बस्ने सुजल छावुहाङ राईको उपचारको क्रममा शुक्रबार बिहान राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हाे ।
घाईते भएका पैदलयात्रु काठमाडौँको नैकाप बस्ने ५८ वर्षीय असोक कुमार महर्जनको सोही अस्पतालमा उपचार भईरहेको छ ।
शुक्रबार बिहान ७ बजे बा ६५ प ५६०८ नम्बरको मोटरसाइकलले पैदलयात्रुलाई ठक्कर दिएर पल्टिएको थियो ।