२६.८० अंकले ओरालो लाग्यो नेप्से, कारोबार रकम भने बढ्यो

काठमाडाैं, २८ फागुन । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । यस दिन कारोबारको शुरुवातमा नेप्से तिव्र गतिमा उकालो लागेको थियोतर अन्त्यमा आएर २६.८० अंक घटेर १९७५.८९ विन्दुमा बन्द भएको छ।

यस दिन सेन्सेटिभ इण्डेक्स १.४८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.३५ प्रतिशत घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५६ करोडको शेयर कारोबार भएको बजारमा यस दिन २६० स्टकको ३६ हजार २८० पटकको कारोबारमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको ४७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३२ रुपैयाँ बढेर ३५२ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८ करोड २१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *