शेयर बजारमा भएन सुधार, कारोबार रकम पनि घट्याे

काठमाडाैं, २ चैत्र । सातकाे अन्तिम काराेबार दिन बिहीबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएकाे छ।

यसदिन नेप्से सूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा झरेको छ भने कारोबार रकम पनि १ अर्ब १४ करोड रुपैयाँमा झरेको छ।

यसदिन १ अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ रुपैयाँ बराबरको ३४ लाख २ हजार २६७ कित्ता शेयर कारोबार भएको छ भने यस दिन कारोबारमा आएका १३ उपसमूह मध्ये लगानी र ब्यापार उपसमूह बाहेक अन्य ११ उपसमूहको सूचक नकारात्मक देखिएका छन्।

बिहीबार युनिक नेपाल लघुवित्त र सुभम पावरको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने किसान लघुवित्त र विन लघुवित्तको पनि ४ प्रतिशतले बढेको छ।

यस दिन लक्ष्मी लघुवित्तको सबैभन्दा धेरै ५.७६ प्रतिशतले घटेको छ भने नयाँ सारथि लघुवित्त, प्रभु लाइफ, ग्रिन डेभलपमेन्ट बैंकको पनि शेयरमूल्य ४ प्रतिशतले घटेको छ।

बिहीबार एनआइसि एशिया बैंकको सबैभन्दा धेरै ४ करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नविल बैंकको ३ करोड ९५ लाख, हिमालयन डिस्टिलरीको ३ करोड ७७ लाख र नेपाल लाइफको ३ करोड २२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ।