ह्वात्तै बढ्याे सुनको मूल्य, ताेलाकाे१ लाख १० हजार

काठमाडाैं, ५ चैत्र । नेपाली बजारमा सुनको मूल्य अकासिएकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलाकाे १ लाख १० हजार ३३ रुपैयाँ कायम भएको जनाएको हाे।
याे संगै सुनको मूल्यले नयाँ कीर्तिमान बनाएकाे छ । यसअघि, सुनको उच्च मूल्यको कीर्तिमान तोलामा १ लाख ७ हजार ५०० रुपैयाँको थियो ।
आज भने तोलामै १ लाख १० हजार ३३ रुपैयाँ पुगेको हो । यससँगै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार कायम भएको छ । यस्तै, चाँदीको मूल्य तोलाकाे १३ सय ४५ रुपैयाँ कायम भएको छ ।