नेप्से घटेपनि तीन स्टककाे सकारात्मक कारोबार

काठमाडाैं, ५ चैत्र । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। नेप्से घटेपनि यस दिन तीन स्टकको मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन मानुषी लघुवित्त, युनिक नेपाल लघुवित्त र शुभम पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हाे।

आइतबार नेप्से परिसूचक ६.९० अंक घटेर १९२६.४० विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.५२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंकघटेको छ।

यस दिन सानिमा ग्रोथ फण्डको इकाई मूल्य सर्वाधिक ८.५६ प्रतिशत घटेको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन २५९ स्टकको ३० हजार ७७५ पटकको कारोबारमा १ अर्ब ६ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्स र एनआईसी एशियाको ४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

१३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, लगानी, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक बढेको छ।