तीन दिनपछि २२.६५ अंक बढ्याे नेप्से

काठमाडाैं, ६ चैत्र । पछिल्लो तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, यस दिन बढेर बन्द भएको छ ।

यस दिन नेप्से परिसूचक २२.६५ अंक बढेर १९४९.०६ विन्दुमा पुगेको छ। भने सेन्सेटिभ इण्डेक्स २.९७ अंक र फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ। यस दिन २५८ स्टकको २९ हजार २८२ पटकको कारोबारमा १ अर्ब २९ करोड ८५ लाख ८३ हजार रुपैयाँ बराबरको ५२ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

सोमबार यूनिक नेपाल लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन लघुवित्तको शेयरमूल्य १७६ रुपैयाँ ४० पैसा बढेर १ हजार ९४१ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने नयाँ सारथी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड ६३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।