गुराँस लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडाैं, १२ चैत्र । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कामय भएकाे चुक्ता पूँजीबाट १३.२७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।

बोनस शेयर बापत लाग्ने कर शेयरधनी आफैले भुक्तानी गर्नुपर्ने इन्स्योरेन्सले जारी गरेकाे सूचनामा उल्लेख छ।

चैत ९ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *