नेप्से परिसूचक १२.१० अंक बढ्याे, कारोबार रकममा पनि सुधार

काठमाडाैं, १४ चैत्र । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १२.१० अंक बढेर १९१८.१० विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७७ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सामान्य सुधार भएको छ।

यस दिन २५८ स्टकको ३५ हजार ९२६ पटकको कारोबारमा १ अर्ब ४४ करोड ३७ लाख रुपैयाँ बराबरको ४० लाख ७७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर, श्रृजनशील लघुवित्त वित्तीय संस्था र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै, महिला लघुवित्तको शेयरमूल्य यस दिन करिब ९ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, हिमालयन डिष्टिलरीको यस दिन करिब ६ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको करिब ५ करोडको शेयर किनबेच भएको छ। यस दिन १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ।

यस दिन लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४८ प्रतिशत बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक साढे २ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.७५ प्रतिशत बढेको छ।