शेयरबजारमा साढे ३ महिना यताकै न्यून कारोबार
काठमाडाैं, १५ चैत्र । शेयरबजारमा साढे ३ महिना यताकै न्यून कारोबार भएकाे छ । यस दिन नेप्से सामान्य अंक बढेर बन्द भएकाे छ।
यस दिन नेप्से परिसूचक १.०२ अंक बढेर १९१९.४२ विन्दुमा पुगेर बन्द भएकाे हाे। यस दिन सेन्सेटिभ इण्डेक्स ०.६८ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० अंक बढेको छ।
यस दिन २५८ स्टकको २५ हजार ४१३ पटकको कारोबारमा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २५ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। यो साढे ३ महिना यताकै न्यून हो।
नेप्से सामान्य अंक बढेपनि दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सुपरमाई हाइड्रोपावर र कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन धौलागिरी लघुवित्रको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको खप्तड लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ ।
यस दिन एनआईसी एशियाको सबैभन्दा बढी ३ करोड ५६ लाखको शेयर कारोबार भएको छ। यस दिन १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशत बढेको छ।