१०.८७ अंकले ओर्लियाे साताकाे अन्तिम काराेबार

काठमाडाै, १६ चैत्र । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।

यस दिन नेप्से १०.८७ अंक घटेर १९०८.५५ विन्दुमा पुगेकाे छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स १.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७२ अंक घटेको छ।

यस दिन नेप्सेमा २५४ स्टकको २६ हजार ४३४ पटकको कारोबारमा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँ बराबरको २७ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार पनि सुपर माई हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ५२ रुपैयाँ बढेर ५७२ रुपैयाँ ४० पैसामा अन्तिम कारोबार भएको हाे।

यस दिन सिटिजन्स म्युचुअल फण्ड र कालिञ्चोक दर्शनको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ।