कामना सेवाको लाभांश घोषणा
काठमाडाैं, १९ चैत्र । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
बैंकले हाल कायम चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
बैंकको प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सो लाभांश वितरण गरिनेछ ।
