आज सहकारी दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं, २० चैत्र । ‘सहकारीको दिगोपन : स्वनियमन र सुशासन’ नारासहित ६६ औँ सहकारी दिवस आज मनाइँदैछ।

सहकारी संस्थाहरूले दिवसको अवसरमा प्रभातफेरीलगायतका देशैभर विभिन्न कार्यक्रम आयोजना गरि मनाइरहेका छन् ।

२०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी समिति स्थापना भएको स्मरणमा राष्ट्रिय सहकारी दिवस मनाइन्छ।

दिवसको सन्दर्भमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी सम्मेलन आयोजना गर्दैछ। यही चैत २३ गतेदेखि २५ गतेसम्म संचालन हुने सम्मेलनमा देशभरका सहकारी संस्थाका प्रतिनिधि सहभागी हुनेछन्।

सहकारी ऐन, १९९२ लागु भएपछि नेपालमा सहकारी आन्दोलन तीव्र गतिमा बढेको पाइन्छ। ‘सबैका लागि एक र एकका लागि सबै’ भन्ने मूल उद्देश्यले सञ्चालित सहकारीमा पछिल्लो समय आर्थिक विचलन देखिएको छ।

नेपालमा हाल ३० हजार ८७९ सहकारी, ३११ जिल्ला स्तरीय सहकारी संघ, ११ प्रदेशस्तरीय सहकारी संघ, १८ वटा क्षेत्रीय केन्द्रीय स्तरका सहकारी संघ, एक राष्ट्रिय सहकारी बैंक र एक राष्ट्रिय सहकारी महासंघ नेपाल उच्चस्तरीय संस्थाका रूपमा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *