उपमेयर डंगोलसँगै मेलमिलापका अनुभव सिक्न वडास्तरीय केन्द्रहरुमा दूरदराजका उपमेयर–उपाध्यक्ष

काठमाडौं, २० चैत । न्यायिक समिति राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं आएका समितिका केही संयोजक तथा सदस्यहरुले काठमाडौँ महानगरपालिकाको वडा स्तरीय मेलमिलाप केन्द्रको निरीक्षण गरे । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँगै वडा २६ र २ का केन्द्रमा पुगेका उनीहरु निकै उत्साहित देखिन्थे । त्यहाँको अवलोकनसँगै भौतिक व्यवस्थापन, सञ्चालन प्रणालीलगायत विषयमा जानकारी पाउँँदा उनीहरु निकै खुशी देखिन्थे ।

वडा स्तरीय मेलमिलाप केन्द्रको निरीक्षणपछि चौतारा साँगाचोक गढी नगरपालिकाका उपप्रमुख सीता थापाले, काठमाडौँ घोषणा र राष्ट्रिय सञ्जाल निर्माणले सम्मेलनलाई संस्थागत गरेको धारणा राख्दै मेलमेलिपा केन्द्रको अवलोकनपछि थप अनुभव प्राप्त भएको बताउनुभएको थियो भने सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकाकी उपाध्यक्ष विपना कुलुकले आफ्नो अनुभव यसरी पोख्नुभयो ।

त्यसैगरी मोरङको लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले न्यायिक समितिको भव्य सम्मेलनको आयोजना गरेर सुनिता डंगोलले सकारात्मक सन्देश दिएको भन्दै धेरै कुरा सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।

उहाँले यसरी मेलमिलाप कक्षको अवलोकन गर्दा थप अनुभव प्राप्त भएको बताउनुभयो । पथरी, शनिश्चरे नगरपालिकाकी उपप्रमुख देवीमाया काफ्लेले, मेलमिलाप कक्षमा कुर्सी टेवल राख्दा पक्षबिच हातले छुन नसक्ने खालको हुनुपर्ने रहेछ भन्दै नयाँ अनुभव सिकेको बताउनुभयो । काठमाडौं महानगरपालिकाका कानुन तथा मानव अधिकार विभाग प्रमुख बसन्त आचार्यले मेलमिलाप केन्द्रका कक्षबारे जानकारी गराउँदा उनीहरुको मुहारमा उत्सुकता छाएको देखिन्थ्यो ।

आचार्यले कक्षबारे यसरी जानकारी गराउनु भएको थियो । अवलोकनका क्रममा आचार्यले विवाद निरुपणमा महानगरले तर्जुमा गरेका कानुनी प्रबन्ध, ती प्रबन्धको व्यवहारिक प्रयोग र यसलाई अन्य पालिकाले कसरी ग्रहण वा सिकाइ गर्न सक्छन भन्ने विषयमा चर्चा गर्नुभएको थियो ।

काफ्लेसँगै रहनुभएका अन्य पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले पनि सम्मेलनले कानुनी ज्ञान, व्यवहारिक ज्ञान, स्थलगत ज्ञान सवै उपलब्ध गराएको भन्दै यसरी कक्षहरुको भ्रमण गराउँदा थप अनुभव हाँसिल गर्ने अवसर मिलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।

अवलोकनका क्रममा डंगोलले, विवादका पक्षहरुलाई मेलमिलाप गराउन महानगरले नीतिगत प्रबन्ध गरेको, महिला सञ्जाल निर्माण गरेर संयन्त्र बनाएको, मेलमिलापकर्ताहरुलाई सूचीकृत गराएको जस्ता विषयमा जानकारी गराउनुभएको थियो । उहाँले आपसी ज्ञान, सीप र क्षमता, अनुभव र भोगाइ आदान प्रदान गर्ने र नागरिकलाई सबैभन्दा छिटो न्याय पाउन सक्ने ठाउँ नै पालिका हो भन्ने अनुभूति गराउनुपर्नेमा जोड दिनुभएको थियो ।

लेटाङ् नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी पोखरेल निरौलाले, अरुले न्यायिक काम कसरी गर्दा रहेछन् । न्यायिक समितिलाई कानुन सेवाकै अधिकारीले कसरी हेर्दा रहेछन्, भन्ने बुझ्न पाइएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले बाटो देखाएको छ । महानगरसँग स्रोत भएकोले एक्लै यति ठूलो कार्यक्रम गर्न सकेको हो । अन्य पालिकाहरु एक्लैले गर्न सम्भव छैन । यसर्थ अब बन्ने सञ्जालले, जिल्लाका पालिका मिलेर सम्मेलन आयोजना गर्न प्रोत्साहित गर्नुपर्छ । उहाँहरुको सुझाव थियो । महानगरमा इन्टर्न गर्दै गरेका कानुन विषयमा विद्यार्थीहरुले पढेको भन्दा धेरै सिकेको प्रतिक्रिया दिएका थिए ।