सुनको मूल्यले बनायाे नयाँ रेकर्ड आज १ लाख ११ हजारमा काराेबार
काठमाडौं, २२ चैत्र । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड कायम गरेको छ ।
केही समयअघि १ लाख १० हजारसम्म पुगेर नयाँ रेर्कड राखेकाे सुनले आज बुधबार साे भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम गरेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।
आज तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भएकाे छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ ।
अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।