८.३९ अंकले बढ्याे नेप्से, कारोबार रकम भने घट्याे

काठमाडाैं, २२ चैत्र । पछिल्लो तीन कारोबार दिन शेयर बजारमा निरन्तर गिरावाट आएपनि आजभने नेप्से ८.३९ अंकले बढेकाे छ ।

यस दिन नेप्से ८.३९ अंकले बढेर १८७५.०७ विन्दुमा पुगेको छ । बुधबार २६२ कम्पनीका २६ लाख २ हजार ९५६ कित्ता शेयर किनबेच भएर ८१ करोड ६० लाख ४६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

यो मंगलबार भएको कारोबार रकमको तुलनामा १० करोड १५ लाख ६४ हजार रुपैयाँले कम हो ।

यसदिन होटल तथा पर्यटन उपसहुको सूचक सर्वधिक १.०४ प्रतिशतले बढेको छ । यस्तै माइक्रोफाइनान्स, म्युचुअल फण्ड, बैकिङ्ग, लगानी, हाइड्रोपावर, फाइनान्स, जीवन बीमा, विकास बैंक र अन्य उपसमुहको सूचक सकारात्मक देखिएका छन् ।

यसदिन निर्जीवन बीमा उपसमुहको सूचक भने सबै भन्दा धेरैले घटेको छ । निर्जीवन बीमा उपसमुहको सूचक ०.५२ प्रतिशतले घटेको हो । यस्तै व्यापार र उत्पादन तथा प्रशोधन उपसमुहको सूचक पनि घटेका छन् ।

सामान्य अंकले बढेको शेयर बजारमा कालिञ्चोक दर्शनको शेयरमूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन कालिञ्चोकको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर २८३ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै लक्ष्मी लघुवित्त वित्तीय संस्था, समता घरेलु लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था, लगातयको शेयरमूल्य बढेका छन् ।

यस दिन सबै भन्दा धेरै कारोबार हुनेमा शिवम सिमेन्ट रहेको छ । शिवम सिमेन्टको ६ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै नविल बैंक र गुराँस लाइफ इन्स्योरेन्सको शेयर पनि २ करोड भन्दा बढीको करोबार भएको छ ।

यस दिन कारोबारमा आएको १३ उपसमुहमध्ये १० वटा उपसमुहको बढेको छ भने ३ वटाको सूचक भने घटेका छन् ।