साताको अन्तिम कारोबार नेप्से घटेर बन्द

काठमाडाैं, २३ चैत्र । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। यस दिन ८.२८ अंक घटेर १८६६.७९ विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। यस दिन २६९ स्टकको २३ हजार ३८८ पटकको कारोबारमा ९२ करोड ६ लाख ८६ हजार रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

बिहीबार कालिञ्चोक दर्शन लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन २८ रुपैयाँ ३० पैसा बढेर ३११ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन सिटिजन्स म्युचुअल फण्ड २ को इकाईमूल्य यस दिन ९.९४ प्रतिशत बढेको छ। कारोबारमा आएको सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.४३ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन खप्तड लघुवित्त, सानिमा ग्रोथ फण्ड र आदर्श लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन शिवम् सिमेन्ट्स कारोबार रकमका आधारमा शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। १३ उपसमूहमध्ये यस दिन तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ।