नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब नाघ्यो कारोबार रकम

काठमाडाैं, २६ चैत्र । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेको छ भने कारोबार रकम बढेको छ।

आइतबार नेप्से परिसूचक २८.३१ अंक घटेर १८३८.४८ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ४.२४ अंक घटेको छ।

यस दिन २६८ स्टको २९ हजार २३९ पटकको कारोबारमा १ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको ३८ लाख ४३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से घटेपनि यस दिन कालिञ्चोक दर्शनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता ३१ रुपैयाँ १० पैसा बढेर ३४२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन सानिमा ग्रोथ फण्डको इकाई मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन माछापुच्छ्रे बैंकको ऋणपत्रको इकाईमूल्य करिब ८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नबिल बैंक शीर्ष स्थानमा रहेको छ।

सो बैंकको यस दिन ५ करोड ७८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्सको पनि ५ करोड ७८ लाख रुपैयाँ बराबरकै शेयर कारोबार भएको छ।

आइतबार १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.३५ प्रतिशत घटेको छ।