शेयर बजारमा केही सुधार, नेप्से २७.३१ अंक बढ्याे

काठमाडाैं, २८ चैत्र । मंगलबार शेयर बजारमा केही सुधार भएका छन् । यस दिन नेप्से परिसूचक करिब साढे १ प्रतिशत बढेर बन्द भएको हाे।

यस दिन नेप्से परिसूचक २७.३१ अंक बढेर १८७१.३३ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ५.७९ अंक बढेको छ ।

मंगलबार शेयर बजारमा २६२ स्टकको ३५ हजार २३७ पटकको कारोबारमा ९४ करोड ५२ लाख ४९ हजार रुपैयाँ बराबरको ३३ लाख १५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कालिञ्चोक दर्शन लिमिटेडको शेयर निरन्तर ८ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कम्पनीको शेयरमूल्य ३७ रुपैयाँ ७० पैसा बढेर ४१४ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, यस दिन आदर्श लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ भने श्रृजनशील लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ। सोमबारदेखि कारोबारमा आएको सानिमा मिडिल तमोर हाइड्रोपावरको शेयरमूल्य यस दिन साढे ३ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७ करोड १० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.२८ प्रतिशत बढेको छ। त्य

सैगरी, यस दिन विकास बैंक र वित्त उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी, लघुवित्त, म्युचुअल फण्ड, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।