एक महिनामै भित्रियो एक खर्ब चार अर्ब रेमिट्यान्स

काठमाडाैं, २८ चैत्र । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले बढेको छ ।

गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको रेमिट्यान्स चालु आवमा भने बढेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म रु सात खर्ब ९४ अर्ब ३२ करोड रेमिट्यान्स भित्रिएकाे छ ।

फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी रेमिट्यान्स भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।

चालु आवको आठ महिनामा अमेरिकी डलरमा रेमिट्यान्स १४ दशमलव ८ प्रतिशतले वृद्धि भई रु छ अर्ब नौ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स २ दशमलव ६ प्रतिशतले घटेको थियो ।