वैशाख १ गतेदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं, २९ चैत्र । नेपाल बैंकर्स संघले वैशाख १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको छ ।

बुधबार विहान बसेको नेपाल बैंकर्स संघको बैठकले १ वैशाखदेखि लागु हुने गरी निक्षेपका नयाँ ब्याजदर १० प्रतिशतभन्दा तल राखेर एकल अंकमा झर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १ गतेदेखि व्यक्तिगततर्फ एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ७.९९ प्रतिशत कायम गर्ने निर्णय गरेकाे हाे ।

त्यस्तै बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा झारेको छ । कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ । बैंकहरुले अहिले बचतमा ६ देखि ८ प्रतिशत ब्याजदर दिंदै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *